भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द


कोरोना संक्रमणको जोखिम बढेसँगै वीरगञ्जमा महानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वैशाख ६ गतेबाट लागु हुनेगरी कक्षा १ देखि ५ सम्मको पठापाठन बन्द हुने निर्णय महानगरले गरेको हो । 

महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको छ ।

अर्को सूचना नभएसम्म १ देखि ५ सम्मको पठनपाठन अर्को सूचना नहुञ्जेलसम्म बन्द गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ । 

यस्तै कक्षा ८ को नगर स्तरीय परीक्षा वैशाख १२ गतेदेखि सञ्चालन गरेर २० गतेभित्र सम्पन्न हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ । 

कक्षा ६, ७ र ९ को अन्तिम परीक्षा सामाजिक दूरी कायम गर्दै, साबुन–पानीले हात धुने व्यवस्था, सेनिटाइजर मास्कको सुनिश्चितता गरेर परीक्षा दिन लगाउन भनिएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes