चित्रकथा लडाकु माछा प्रकाशित




रोशन पोखरेलको लेखन र सरला मानन्धरको चित्राङ्कन रहेको लडाकु माछा शीर्षकको चित्रकथा प्रकाशित भएको छ । 

दोभाने खोला माछाहरुको राज्य थियो । कुनै बेला त्यो राज्यमा एउटा माछाको अनौठो भुरा जन्मियो । त्यो भुराको टाउको ठूलो थियो । हेर्दा चेपागाँडाजस्तो देखिन्थ्यो । उसको जिउ अरु माछाहरु जस्तो सलक्क परेको नभई भद्दा थियो । 

अनौठो देखेपछि केही समय उनकी आमाले उनलाई लुकाएर राखे । राजाले पनि उनलाई देशनिकाला गरे । तर ठूलो भएपछि ऊ दोभाने खोलाका शत्रुसेनाको विरुद्ध उभिन्छ । 

आफ्नो देशलाई शत्रुहरुको आक्रमणबाट जोगाउँछ । त्यसपछि राजाले उनी र उनका परिवारसँग माफी मागेर उनलाई आफ्नो सेनाको सेना नायक बनाए ।

यो लडाकु माछाको कथा हो कथालयले प्रकाशनमा ल्याएको हो । कथा बालबालिकामा साहस, समाजमा पारस्परिक सम्बन्धको बोध र अरुप्रति सम्मान भाव जगाउन उपयोगी छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes