त्रिविले सञ्चालन गर्ने परीक्षा पनि स्थगित


कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले सम्पूर्ण शैक्षिक संस्था र पूर्वनिर्धारित परीक्षाहरु बन्द गर्ने निर्णय गरेको छ । सरकारी निर्णय पश्चात पनि सोमबार परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले अन्ततः मंगलबारबाट कुनै पनि परीक्षाा सञ्चालन नगर्ने भएको हो । त्रिभुवन विश्वबिद्यालय केन्द्रिय परीषद् बोर्डको सोमबार बसेको बैठकले विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । 

बढ्दो कोरोना भाईरसका कारण मंगलबार (भोलिदेखि)सबै तहका परीक्षा स्थगित गरिएको हो। अहिले जारी रहेका र आगामी परीक्षा मिति तोकिएका परीक्षाहरु पनि अर्को सूचना नभएसम्मका लागि स्थगित भएका हुन् । 

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको भए पनि त्रिभुवन विश्वविद्यालयले भने परीक्षा स्थगित गरेको थिएन ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes