बजेट तत्काल कार्यान्वयनमा ल्याउनूः शिक्षा मन्त्री श्रेष्ठ


नेपालन्युज
आईतवार , २३ जेष्ठ , २०७८

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिए। बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यबिध योजना तयार गर्न ढिला गर्न नहुने बताउदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेट कार्यन्वयन गर्ने विषयमा अघि बढ्न आग्रह गरे । 

‘बजेटको विषयमा कुनै कसर बाकी राख्नु हँँदैन कार्यान्वयनमा हुनेगरी काम अघि बढाउनुस’, मन्त्री श्रेष्ठले निर्देशन दिए । उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे। उनले भने, ‘असार १ गतेबाट भर्ना प्रकृया शुरु गर्नेछौ , त्यसको निम्ति सबै कार्यक्र कार्यान्वयन गर्नुस्’

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यबिधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताउनुभयो । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal