असार देखि शैक्षिक शत्र सुरु गर्दै सरकार


नेपालन्युज
सोमबार , २४ जेष्ठ , २०७८

सरकारले आगामी असार १ गतेबाट बिद्यालयस्तरीय कक्षा संचालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मनि्त्र कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु सँग छलफल गर्दै वैकलि्पक विधि प्रयोग गरेर शैकि्षक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

शैकि्षक सत्र संचालन र ब्यबस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकलि्पक सिकाइ कार्यबिधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ । यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्मासँग आगामी शैकि्षक सत्र कसरि संचालन हुन्छ कस्तो व्यवस्था गरिएको छ भनेर हामीले सोधेका छौं । कुराकानीमा प्रवक्ता शर्माले बिद्यार्थीको सिकाईलाई रोक्न नहुने भएकोले भौतिक रुपमा पठन पाठन गर्न सम्भव नभए पनि बैकलि्पक माध्यमबाट सिकाईलाई निरन्तरता दिन शैकि्षक सत्र सुरु गर्न लागेको बताए । बिद्यार्थी जो जहाँ छन् त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिनसकुन भन्ने मन्त्रालयको निष्कर्ष रहेको । बिद्यार्थीको परिक्षा मुल्यांकन गर्ने विभिन्न बिधि प्रकि्रया अपनाउन स्थानीय सरकार र बिद्यालय स्वयमले निर्णय गर्न सक्ने पनि प्रवक्ता शर्माले बताए । पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरि ब्यबस्था मिलाउने प्रवक्ता शर्माले बताए ।

नोट यो समाचार प्रवक्ता शर्मा सँग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो। आबश्यकता र अनुकुलतामा प्रयोग गर्न सकिन्छ ।


 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal