अबदेखि पाठ्यपुस्तक ढुवानी पनि अत्यावश्यक सेवामा


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

अबदेखि पाठ्यपुस्तक ढुवानीलाई पनि अत्यावश्यक सेवामा राखिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा रहेको पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिले आज पाठ्यपुस्तकलाई अत्यावश्यक सेवामा समावेश गरी ढुवानी गराउने निर्णय गरेको हो ।

समितिका सदस्य एवं अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राखेर तत्काल वितरण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए। केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको अध्यक्षतामा भएको बैठकले शिक्षक तथा पुस्तक बिक्रेतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि आग्रह गरेको छ ।

आउँदो असार १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी भए पनि पाठ्यपुस्तक अझै सबै विद्यालयमा पुग्न सकेको छैन । कोरोना महामारीका कारण पाठ्यपुस्तक ढुवानीमा समस्या भइरहेको छ । यसैगरी पाठ्यक्रम विकास केन्द्रले सूचना निकालेर स्वीकृत पाठ्यपुस्तक मात्रै बिक्रीवितरण र पठनपाठन गराउन र नेपालको नयाँ नक्सा समावेश भएका पुस्तक मात्रै प्रयोग गर्न आग्रह गरेको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal