आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

आज बुधबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको हो। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ। र, विहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुने छ।  

परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ। सरकारले १८ वर्ष पुगेका १२ का विद्यार्थीलाई खोप लगाएको छ। 

परीक्षा असोज ८ गतेसम्म संचालन हुने बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए। यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो। यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियो । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal