१२ कक्षाको परीक्षा सुरु


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

कक्षा १२ को परीक्षा आजदेखि मुलुकभर सुरु भएको छ। कोभिडको संक्रमणका कारण राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयबाट नै परीक्षा दिने व्यवस्था मिलाएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई स्वास्थ्यको मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको छ। काठमाडौंको नयाँबजार स्थित गितान्जली कलेजका प्रिन्सिपल बेद पन्तले परीक्षामा स्वास्थ्यका मापदण्ड कडाईका साथ लागु गरिएको बताउँदै परीक्षामा विध्यार्थीहरु बीचको दुरीलाई उच्च प्राथमिकता दिईएको जानकारी दिए। हाल एउटा परीक्षा हलमा २० जनाभन्दा बढी परीक्षार्थी राख्न निषेध गरिएको छ। 

अहिले ४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा भैरहेको छ। यसपाली ४ लाख ३२ हजार विध्यार्थी परीक्षामा सहभागी भैरहेका छन। 

परीक्षा पछि उतरपुस्तिका विध्यालयमानै परीक्षण गरेर बोर्डमा पठाउनु पर्ने व्यवस्था गरिएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal