महिला राजदूतको मान्नैपर्ने प्रसंग


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

एक जना बहालवाला राजदूत, त्यसमाथि पनि महिलाले उच्च शिक्षा अध्ययनको सर्वोच्च उपाधि मानिएको पीएचडी अध्ययन सम्पन्न गर्नु मुलुकका लागि नै गौरवको कुरा हो। ओमानमा कार्यरत नेपाली राजदूत शर्मिला पराजुली ढकालले अब आफ्नो नामको अगाडि डाक्टर थप्न सफल भएकी छन।

उनले फेरि यस्तो महत्वपूर्ण विषयमा आफ्नो अध्ययन पूरा गरेकी छन्। यसले महिला सशक्तीकरणलाई थप योगदान पक्कै गर्ने छ। उनले ४ बेद र बाइबलमा महिलाको भूमिका विषयमा अध्ययन पूरा गरेकी हुन।

उनले नेपाल संस्कृत विश्व विध्यालयबाट पीएचडी उपाधि लिएकी हुन्। सबैभन्दा पुरानो हिन्दु ग्रन्थ मानिएको बेदका ४ भाग ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदमा धार्मिकदेखि चिकित्सा शास्त्र समेतका विषयमा चर्चा गरिएको छ।

त्यसैगरी ईसाईहरुको पवित्र धार्मिक ग्रन्थ बाइबल पनि निक्कै पुरानो ग्रन्थ मानिन्छ। राजदूत ढकालले आफ्नो अध्ययनमा हिन्दु र ईसाईको पवित्र ग्रन्थमा महिलाहरुको स्थानलाई आफ्नो अध्ययनमा समावेस गरी उनीहरुको भूमिकालाई उजागर गरेर वर्तमान समाजलाई पनि सन्देश दिन खोजेकी छन्। 

राजदूत ढकालले यसअघि त्रिभुवन विश्व विध्यालयबाट मानविकीअन्तर्गत अंग्रेजी साहित्यमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी थिइन्। यसअघि उनले दुबईको उलोनगोङ्ग विश्व विध्यालयबाट पोष्ट ग्र्याजुयट गरेकी थिइन्।

उनको शिक्षा र साहित्य क्षेत्रमा उतिक्कै संलग्नता रहेको छ। उनले हिमालयन कलेजको उपाध्यक्षका रुपमा पनि कार्य गरिसकेकी छन्। राजदूत शर्मिला पराजुली ढकाल गत सन् २०१७ को फेब्रुअरी २० तारिखमा नेपाल सरकारद्वार ओमानको लागि राजदूत पदमा नियुक्त भएकी थिइन्। उनले सन् २०१७ मे २४ तारिखदेखि राजदूतको रुपमा काम सुरु गरेकी हुन्।

राजदूत ढकाललाई व्यापारको संस्थागत विकास, लगानी प्रवर्द्धन तथा उद्यमशीलता क्षेत्रका पनि अनुभव रहेको छ।

राजदूत ढकालको जन्म सन् १९८० को अक्टोबर २८ तारिखमा झापामा भएको थियो। उनको सामाजिक सेवामा पनि सानै उमेरदेखि संलग्नता रहँदै आएको थियो। त्यसैगरी व्यापार तथा उद्यमशीलता क्षेत्रमा मानिसहरुलाई उत्प्रेरित गर्ने काममा पनि उनको संलग्नता रहँदै आएको थियो।

यसअघि इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले पनि पीएचडी उपाधि हासिल गरिसकेकी छन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal