'नो मोतिविन्दु' अभियानमा नथाक्ने सन्दुक रुइत


नेपालका वरिष्ठ आंखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत उमेरले ६५ वर्ष पुगे। तर उनको सकृयता हेर्दा भर्खरको युवा भन्दा कम छैन। काठमाडौंको डल्लुस्थित निवासबाट दिनहुं गौशालामा रहेको तिलगंगा आंखा अस्पतालमा बिहानै पुगेर उपचार, अध्यापनका साथै निर्देशकका रुपमा प्रशासनिक कार्यमा संलग्नता, त्यसपछि नाग पोखरीमा क्लिनिकमा बिरामीको परीक्षण। 

बिभिन्न जिल्लामा आयोजना भैरहने आंखा शिविरहरुमा नियमित रुपमा सरिक हुनु उनको विशेषता हो। नेपालमा कोरोनाको संक्रमण सुरु हुदांपनि उनको सकृयता जारी रह्यो। उनि भर्चुयलतथा अन्य माध्यमबाट बिरामीको सेवामा क्रमिक रुपमा संलग्न भएका थिए। यसैक्रममा उनि संक्रमणमा समेत परेका थिए।

डाक्टर रुईतले मोतीबिन्दुको चिकित्सा पध्दति रुईतेक्टोमीको सुरुवात गरेका थिए। जसलाई विश्वमै सरल र कम लागतको उपचार मान्ने गरिएको छ। डाक्टर रुईतले मोतीबिन्दु रोगबाट पिडित अन्यन्त गरिब नेपालीहरुका लागि नयां कार्यक्रम सुरु गर्न लागिएको आफनो फेसबुक पेज मार्फत जानकारी दिदैं दाताहरुसंग सहयोगका लागि आग्रह गरेका छन। उपचारका लागि खर्च धान्न नसक्नेहरुका लागि निशुल्क उपचार गर्ने काममा डाक्टर रुईत अग्रपङ्तिमा कार्य गर्दै आईरहेका छन। मोतीबिन्दुको शल्यक्रियाको खर्च घटाउनेकाममा उनको सकृयता प्रशंशनीय मानिएको छ। उनले यस्तो शल्यक्रिया गर्दा करिब ९० प्रतिशत खर्च घटाउने काममा सफलता प्राप्त गरेका छन्।

दृष्टी गुमेर अत्यन्त कठिन जीवन झेलीरहेका लाखौं मानिसहरुलाई दृष्टी प्रदान गर्दै आएका डाक्टर रुईतलाई दृष्टीदाताको रुपमा सम्मान गर्ने गरिन्छ।अत्यन्त भद्र तथा शालिन स्वभाबका डाक्टर रुईतको सत्प्रयासमा हालसम्म कयौं नेत्रहीनहरु देख्न सक्षम भैसकेका छन। उनले हरेक हप्ता करिब २ हजार ५ सयजनाको आंखाको उपचार गर्ने गरेका छन। उनले करिब १ लाख ३० हजार मानिसहरुको आंखाको शल्यक्रिया गरिसकेका छन। पुर्वी नेपालको ताप्लेजुङमा सन् १९५५ मा जन्मेका डाक्टर रुईत स्वयमले उपचार नपाई आफ्नै दाजु र दिदी गुमाउनु परेको पिडा भोगेका थिए। त्यसैकारण उनले गरिबकालागि चिकित्सक बन्ने लक्ष्य राखेका थिए। 

शालिन स्वभाबका डाक्टर रुईतको सत्प्रयासमा हालसम्म कयौं नेत्रहीनहरु देख्न सक्षम भैसकेका छन।

तिलगंगा ईन्ष्टिच्युट अफ अफ्थामोलोजीका निर्देशक नेत्र विशेषज्ञ डाक्टर रुईतले नेपालका प्राय सबै दुर्गम जिल्लामा पुगेका दृष्ट्रि गुमाएकाहरुको शल्यक्रिया गरिसकेका छन। यस्ता शिविरहरुमा उनले दिनको १३ घण्टा समेत काम गरेका छन। उनले नेपालमा मात्र नभई अन्य देशमा गएरपनि शल्यक्रिया गर्ने गरेका छन। उत्तर कोरियामा उनले गरेको आंखाको उपचार सम्बन्धमा नेशनल जोग्राफ्रीले बृत्तचित्र समेत बनाएको थियो। शल्यक्रिया गर्दा उनको औंला मेसिन जस्तो चल्नेतथा बिरामीलाई अत्यन्त सहज हुनेगरी उपचार गर्ने गरेको उनिसंग बर्षौदेखि उपचार गराएका एकजना बिरामीले जानकारी दिएका छन।

उनकै सकृयतामा तिलगंगा आंखा अस्पतालमा मोतीबिन्दु भएकाहरुकालागि लेन्सको पनि उत्पादन सुरु गरिएको थियो त्यो सस्तो दरमा अन्य मुलुकमा समेत निर्यात गर्ने गरिएको छ। यसबाट लाखौं मानिसहरुको शल्यक्रिया भई आंखाको ज्योति पाईसकेका छन।

एशियाकै नोवेल पुरस्कार मानिएको रमन म्यागसेसे जस्तो प्रतिष्ठित पुरस्कारबाट उनि सन २००६ मा सम्मानित भैसकेका छन। यसै वर्ष राष्ट्रपतिले उनलाई सुप्रशिध्द प्रवल जनसेवा प्रथमबाट बिभूषित गरेकी थिईन। सन २०१८ मा भारतका राष्ट्रपतिले डाक्टर रुईतलाई भारतकै ठूलो उपाधि मानिएको पदमश्री पुरस्कार प्रदान गरेका थिए। उनका छोरापनि चिकित्सक छन भने छोरीले पनि पोखरास्थित मणीपाल मेडिकल कलेजमा ईन्टर्नशीप गरेकी हुन।


राजु सिलवाल


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes