के तपाइको कान दुखिरहेको छ ? त्यसो भए यसाे गर्नूस्


मानव शरीरको विभिन्न अंगहरु मध्ये सबै भन्दा जटिल र महत्वपूर्ण अंग कान  हो । कानको काम आवाज सुन्न मात्र नभई शरीरको सन्तुलन पनि मिलाउँनु हो ।

तर कहिलेकाहीँ कानमा विभिन्न समस्याहरु आउने गर्छन । जसमध्ये कानकाे दुखाई पनि एक हो । अहिलेको समयमा कान दुखाई आम समस्यानै बनिसकेको छ । यो समस्या प्रायजसो एउटा कानमा बढि हुने हुन्छ । कान दुखाई केहि समय वा लामो समयसम्म पनि रहन सक्छ । यो समस्या कसैलाई हल्का त कसैलाई बढी पनि हुन सक्छ । प्रायजसो श्रवणशक्तिमा कमी आउनु, कान पाक्नु, बहिरोपन हुनु, कानमा पिप जम्नु, चोटपटकका कारण कानमा समस्या आउनु आदि कानमा भइरहने समस्या हुन् । 

कानको दुखाई कम गर्न यसो गनुहोस्

-लसुनको दुइवटा केस्रालाई पिसेर तोरीको तेलमा भुटेर उक्त तेललाई कानमा लगाउँदा आराम मिल्छ । 

-मुलाको पातकाे रसलाइ तिलको तेलमा पकाउने । जब रस वाफ बनेर उडिसक्छ । तब त्यो मनतातो तेललाई कपडाले छानेर दुई तीन थोपा कानमा हाल्ने । यसबाट कान दुखेको तुरुन्तै ठिक हुन्छ । 

-प्याजको डल्लोलाई आगोमा सेक्ने र त्यसको रस निकालेर कानमा हाल्ने ।

-तुलसीको पातलाई पीसेर यसको रसको दुई तीन थोपा कानमा हाल्ने । तुलसीको रसले कानको इन्फेक्सन ठिक गर्छ र दुखाई हटाउँछ ।

– ताेरीकाे  १० ग्राम तेलमा ३ ग्राम हिंग मिसाएर तताउने । त्यसको केहि थोपा कानमा हाल्ने ।

– सूर्यमुखी फूलको तेल र महको मिश्रण बनाएर कानमा राख्ने ।

– घिउकुमारीको रसलाई हल्का तताएर कानमा राख्दा दुखाई कम गर्छ ।

– नुनलाई तातो बनाउने र कपडामा राम्ररी डल्लाे पारेर नुनले कान सेक्ने यसबाट दुखाईमा राहत मिल्छ ।

यो पनि पढ्नुहोस्

१४ महिलालाई श्रीलंकामा बेचबिखन गर्ने पक्राउ

यो पनि पढ्नुहोस्

यी हुन रवि लामिछानेको नयाँ टिभीबाट प्रशारण हुने कार्यक्रमहरु

यो पनि पढ्नुहोस्

मापदण्ड विना सञ्चालन हुदाँ पेट्रोल पम्पमा आगोलागि

यो पनि पढ्नुहोस्

अब ग्रामिण सडकमा ११ रुपैयाँ प्रतिकिलोमिटरमा यात्रा


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes