गर्भवस्थामा भुलेर पनि यी कुराहरू कहिले नखानूस्...


सामान्यतया गर्भवस्थाको समयमा महिलाहरुले आफ्नो खानपानदेखि लगाउने कुरा समेतमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यो अवस्थामा भएको सानो गल्तीले पनि गर्भमा हुर्किरहेको बच्चाको लागि खतरा हुन सक्छ । 

अझ भन्ने हो भने त पहिलो चोटी आमा हुन लागेको महिलाले त झन् बढि मात्रामा ध्यान दिनु आवश्यक हुन्छ । गर्भवस्था भएको समयमा सन्तुलित आहार खानु निकै महत्वपूर्ण हुन्छ । तर सन्तुलित आहार मध्ये पनि केहि चीजहरु खाँदा निकै ध्यान राख्नुपर्छ । 

समान्यतया गर्भवस्थाको समयमा फास्टफुड र फ्रोजन खाने कुरा, साथै धेरै दिनसम्म राखेका खानेकुरा खानुहुदैँन यी खानेकुरामा किटाणु हुने हुनाले बच्चालाई असर गर्छ सोही कारणले पनि यो अवस्थामा खानेकुरामा ध्यान दिनु आवश्यक हुन्छ । 

गर्भवती भएको समयमा खान नहुने कुराहरु यस्ता रहेका छन् ।

बढी नुन- बढि मात्रामा नुनको प्रयोग गर्नाले शरीर सुन्निुका साथै उच्च रक्तचाप हुने सम्भावना हुन्छ । 

घ्यू कुमारी- गर्भावस्थामा घ्यू कुमारीको प्रयोग गर्नाले रक्तस्राव हुने सम्भावना बढि मात्रामा हुन्छ ।

माछा- माछामा पारो धातुको मात्र बढि पाइन्छ । त्यसैले यसको सेवन गर्नाले आमा र बच्चा दुबैलाई असर गर्छ ।

भुईकटहर- भुईकटहरमा ब्रोमलिन हुन्छ ।तसर्थ यसको सेवन गर्नाले प्रसव पिडा हुने हुन्छ।

अण्डा- अण्डामा साल्मेनोला स्पिसज ब्याक्टेरिया हुने हुनाले यसले कुनै किसिमको इन्फेक्सन गराउने सम्भावना वृद्धि

हुनुका साथै पचाउन पनि कठिन हुन्छ । 

हरियो आलु- हरियो आलुमा सोलेनिन एन्जाइम पाइन्छ । जसका कारण गर्भपतन हुने सम्भावना हुन्छ ।

मादक पदार्थ- मदिरामा सुगरको मात्रा बढी हुने भएकोले गर्भवती महिलाले मदिरा सेवन गर्नाले गर्भपतन हुने सम्भावना हुन्छ ।

जंकफुड- जंकफुड सेवन गर्नाले शरीरमा न्यूट्रिएट्सको कमी हुन्छ ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद बैठकमा विप्लव समूहबारे छलफल

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले परिवारसँग मनाए आफ्नो ७० औं जन्मदिन (फोटोहरु)


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes