कोरोना भाइरसबाट थप ९४ जना संक्रमित, ७१ जना डिस्चार्ज


नेपालमा कोरोना भाइरसबाट थप ९४ जना संक्रमित भएका छन् । आज भएको ३ हजार ६ सय ९२ पीसीआर परीक्षणमा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्जर गौतमका अनुसार आज काठमाडौंमा ३३, ललितपुरमा १२ र भक्तपुरमा २ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी देशभरी कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । 

आज १ हजार ५ सय ५५ जना सक्रिय संक्रमित छन् । आज थप ७१ जना संक्रमित भाइरसमुक्त भएका छन् । यससँगै देशभरी २ लाख ७० हजार १ सय ३९ जना कोरोना भाइरस मुक्त भएका छन् ।

आज कोरोनाबाट १ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृतकको संख्या २ हजार ६६ पुगेकोछ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes