खुट्टा गन्हाउँछ ? त्यसाे भए यसाे गर्नूस्...


खुट्टा गन्हाउँने समस्या जो काेहीँलाई पनि हुन सक्छ । लामो समयसम्म जुत्ता तथा मोजा लगाएर काम गर्दा धेरै मानिसहरुमा खुट्टाबाट दुर्गन्ध आउने समस्या हुन्छ । जसले गर्दा व्यक्तिको पहिचानलाइृ समेत धमिलाउन सक्छ । नजिकै बस्नेहरुका लागि त झन् ठूलो सास्ती खेप्नुपर्ने हुन्छ । सामान्यतया पानी तथा हिलोमा काम गर्ने व्यक्तिमा खुट्टा गन्हाउँने समस्या बढि मात्रामा भएता पनि अहिले यो समस्या आम मानिसमा नै भएको देखिन्छ । 

खुट्टा तातो भएर पसिना आउँदा फङगस उत्पन्न हुन्छ । सोही फङगसका कारण खुट्टा गन्हाउँने समस्या हुन्छ । यदि खुट्टा गन्हाउँने समस्या भएको छ भने त्यस समया जुत्ता, मोजा लगाउन बन्द गर्नुपर्छ ।यसका साथै यस्तो बेलामा केहि उपाय अपनाएर यो समस्या कम गर्न सकिन्छ । 

खुट्टा गन्हाउँने यस्ता छन् उपायहरु

-एउटा भाँडामा मनतातो पानी राख्ने त्यसमा बेकिङ सोडा तथा कागतीको रस हाल्ने त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्ने गर्नाले खुट्टा गन्हाउँने समस्या कम हुन्छ ।

-मकैको पिठो जुत्ता भित्र हाल्ने जसले खुट्टाबाट निस्कने पसिना सोस्दछ र खुट्टाबाट आउने दुर्गन्ध हटाउन मद्धत गर्दछ ।

-खुट्टा धोइसकेपछि खुट्टामा पाउडर लगाउने जसले गर्दा खुट्टामा पसिना पनि आउदैन र दुर्गन्ध पनि हुँदैन ।

-नाइलन र कटनको कपडाबाट बनेको मोजा प्रयोग गर्ने किनकि यसले पसिना सोस्न मद्धत गर्दछ ।

-खुट्टाको सरसफाइमा विशेष ध्यान दिने । 

-अदुवालाई पिसेर रस निकाल्ने र उक्त रसमा कपास भिजाउने र त्यसलाई सुत्नुभन्दा अगाडि पाइतालामा दल्ने । 


 सकेसम्म छालाको जुत्ता प्रयोग नगर्ने

यो पनि पढ्नुहोस्

द्वन्द्वकालिन घटनाकाे विभिन्न संयन्त्रबाट अनुसन्धान, गम्भिर घटनाका दोषीलाई आममाफी नहुने

यो पनि पढ्नुहोस्

बेलायतमा राजा महेन्द्रको अन्तर्वार्ता लिने नेपाली


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes