ग्याष्टिकले पेट फुल्ने समस्या छ ? यसो गर्नूस् !


ग्याष्टिकको समस्या पछिल्लो समय आम समस्या जस्तै बनिसकेको छ । जब हामीले खाना खान्छौं हाम्रो पेटमा एसिडले खानालाई टुक्रा टुक्रा पार्दछन् । पाचनको यस प्रक्रियाकाे दौरान, पेटबाट ग्यास बाहिर आउँछ जसका कारण कहिलेकाँही पेट सुनिने, दुख्ने गर्दछ ।ग्याष्टिकको समयमा पेट फुल्नु सामान्य नै हो । 

ग्याष्टिक हुनका केही कारणहरु: 

अहिलेको व्यस्त जीवनशैलीसँगै लामोसमय सम्म भोको रहनु वा समयमा खाना नखानु ग्याषि्टक हुनुको प्रमुख कारण हो । 

यसका साथै आवश्यक भन्दा बढी खाना खानाले पनि यो समस्या हुन्छ । धुम्रपान, मसलदार र भुटेको खानेकुराहरु खानाले पनि यो समस्या आउँछ ।

ग्याष्टिकको समयमा पेट फुल्याे भने यसाे गर्नुस् :

स्याउको रस- बिहान एक गिलास पानीमा स्याउको रस मिसाएर खाली पेटमा पिउने । यसले पेट फुल्ने वा ग्याष्टिक समस्याबाट राहत दिन्छ। यसका साथै स्याउको रसको सट्टा कागतीको रस पनि पिउँदा हुन्छ ।

धुम्रपान नगर्ने- धुम्रपानले पाचन प्रणालीमा समस्या सिर्जना गर्दछ । धुम्रपान गर्नेहरुको पेटमा समस्या हुन्छ । 

अदुवा- अदुवाले ग्याष्टिक समस्यामा तत्काल राहत दिन्छ। ताजा काँचो अदुवाको सानो एक ट्क्रा एक चम्चा कागतीको रससँग सेवान गर्ने । अदुवा पेट फुल्ने समस्यामा धेरै प्रभावकारी हुन्छ । अदुवा हालेको चिया पिउनु पनि ग्याँसको समस्याबाट राहत पाउनको लागि एक उत्तम घरेलु उपचार हो।

सौंफको चिया- सौंफलाई रातभर भिजाउनुहोस् र बिहानी फिल्टर गरेर यसको पानी पिउनुहोस् । यसले पेट फुल्ने समस्याको समाधान हुनेछ । सौंफ चिया पिनाउनाले पनि पेट फुल्ने समस्यामा राहन पाउन सकिन्छ ।

आहारामा ध्यान दिने- यदि ग्यासको समस्या छ भने, खानपिनमा विशेष ध्यान दिनुपर्छ। फल, तरकारी, अन्न र दालको मात्रा बढाउने । यी चीजहरूले पेट सफा राख्न मद्धत गर्दछ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes