अनुदानमा आएको चीनको खोप आजदेखि लगाइँदै


सरकारले चीनबाट अनुदानमा ल्याएको कोरोना भाइरसविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउँदैछ। स्वास्थ्य मन्त्रालयका अनुसार चिनबाट प्राप्त ८ लाख डोज खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइनेछ।

मन्त्रालयका अनुसार ८ लाख डोज खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ वटा खोप केन्द्रबाट दिइनेछ। खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरू, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने मन्त्रालयले जनाएको छ।

त्यसैगरी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी र व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफूल तरकारी लगायतका व्यापारीलाई खोप लगाउने मन्त्रालयले जनाएको छ।

यसअघि भारतबाट अनुदानमा ल्याईएको १० लाख डोज खोप तथा विश्व स्वास्थ्य संगठनबाट अनुदानमा प्राप्त खोप नेपाल सरकारले विभिन्न उमेर समुह एवं प्राथमिकतामा परेका व्यक्तीहरुलाई दिइसकेको छ। उनीहरुले पहिलो डोजको खोप पाएपनि दोस्रो डोजको खोप बैशाख दोस्रो सातादेखि लगाउने सरकारको योजना छ।

यो पनि पढ्नुहोस्

चीनबाट आएको खोप यी अस्पतालबाट लगाइदैछ (सूचीसहित)


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes