नाक बन्द भएकाे छ ? यसाे गर्नुस् !


सामान्यतया मौसम परिवर्तन भएसँगै रुघा लाग्ने गर्दछ । रुघा लाग्दा नाक बन्द हुन्छ जसले गर्दा सकस हुन्छ । रुघा लागेको समयमा सास लिन असहज हुने हुदा सुत्दा झनै कष्टपद हुन्छ । जसले गर्दा रुघा बाट जो कोही मानिसहरु पनि चाँडै छुटकारा पाउन चाहन्छन् ।यसका साथै बन्द नाकको कारण घाँटीमा समस्या हुने हुदाँ खाना खान पनि कठिन हुन्छ । तसर्थ यस अवस्थामा केही घरेलु उपायहरु अपनाएमा सजिलै बन्द नाक खुलाउँन सकिन्छ । 

नुनपानी- नुनमा पानी हालेर घोल बनाउने र त्यो घोलले नाक सफा गर्ने गर्नाले नाकमा भएको ब्याक्टेरिया र भाइरस नष्ट हुन्छ र नाक खुल्छ ।

मह- एक गिलास मनतातो पानीमा दुई चम्चा मह राखेर पिउने गर्नाले बन्द नाक खुलाउनुको साथै घाँटीको खसखस पनि हटाउँछ ।

बाफ लिने- पानीलाई उमाल्ने र उमालेको पानीमा केही पुदिनाको पाँत पिसेर राख्ने र बाफ लिने । दैनिक रुपमा २-३ पटक सम्म यसो गर्नाले बन्द नाक खुल्दछ र आराम मिल्छ । 

तुलसीको पात- तुलसीको पात खाँदा पनि बन्द नाक खुलाउँन सकिन्छ ।

मनतातो पानी नाकमा हाल्ने- पानीलाई केही समय तताएर मनतातो भएपछि पानीको केही थोपा नाकमा हाल्ने । 

नाक सेक्ने-एउटा सफा रुमालमा मनतातो पानी हाल्ने र त्यसलाई बन्द नाकमा राखेर सेक्ने गर्नाले पनि नाक खुलाउनमा राहत मिल्छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes