डन्डीफोर सामान्यताय युवा अवस्थामा बढी मात्रामा आउने गर्दछ । सुन्दर अनुहारमा डन्डीफोर आउँनाले अनुहारलाई नै कुरुप बनाइदिन्छ । जसका कारण आम युवायुवती चिन्तित हुने गरेको पाइन्छ । अझ पनि बढी मात्रामा युवतीहरु चिन्तित हुने गर्दछन् । डन्डीफोरबाट बच्नको लागि बजारमा पाइने विभिन्न औंषधीहरुको प्रयोग गर्दछन् । तर, बजारमा पाइने औंषधीले कसैको डन्डीफोर हट्छ भने कसैको झन् बढ्दछ । तसर्थ डन्डीफोर हटाउँनको लागि घरेलु उपायको प्रयोग गर्नुहोस् ।
-डन्डिफोर आएको ठाउँमा राति सुत्नुअघि टुथपेस्ट लगाउने । टुथपेस्ट प्रयोगले पनि डन्डिफोर हटेर जान्छ ।
-अनुहारमा अनावश्यक क्रिमकाे प्रयोग गर्ने ।
-प्रशस्त मात्रामा पानी पिउने ।
-प्रायजसो धेरैको बानी हुन्छ, अनुहारमा डन्डिफोर आयो कि निचोरिदिने । यो बानीले अनुहार झन् कुरूप बनाउँछ । तसर्थ डन्डीफोर आउँदा ननिचोरने ।
-निद्रा नपुग्नाले पनि डन्डीफोर आउने गर्दछ । डन्डिफोरबाट मुक्त हुन न्यूनतम ६ घन्टा निदाउनैपर्छ ।
-चन्दनलाई पानीमा मिसाएर पेस्ट बनाउने र अनुहारमा लगाउने । चन्दनको पाउडर डन्डिफोर हटाउने महत्वपूर्ण औषधि हो । अनुहारमा लगाएको पेस्ट सुकेपछि चिसो पानीले हल्कासँग धुने । नियमति चन्दन लगाएको केही दिनमै डन्डिफोरबाट छुटकारा पाउन सकिन्छ ।
-दालचिनीको पाउडर र मह मिलाएर डन्डिफोरमा लगाउनेर हल्का रगड्नने । राति लगाएको पेस्ट बिहान मनतातो पानीले धुने । डन्डिफोर कम हुँदै जान्छ ।
-जाइफलमा केही थोपा काँचो दूध मिलाएर अनुहारमा लगाउँदा पनि डन्डिफोर हराउँछ ।
-सुन्तालाको बोक्रालाई कुटेर धुलो पार्ने । यसमा गुलाबजल मिलाएर डन्डिफोरमा लगाए ठीक हुन्छ ।