कोरोनाको भयाबह स्थिती आउन सक्ने : सरुवारोग विशेषज्ञ डा अनुप बास्तोला


टेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेकाले अब भयाबह स्थिति आउनसक्ने चेतावनी दिएका छन। उनले रिपोर्टर क्लबमा व्यक्त गरेको अभिव्यक्ति उनको अभिव्यक्तिको टिपोट :

अहिले अस्पतालहरुमा बिरामीको चाप बढिरहेको छ। शसस्त्र प्रहरी बलको एपिएफ अस्पतालमा पनि बिरामीको चाप उत्तिक्कै छ। आज भेण्टिलेटर छैन भन्ने खबर आएको छ। पाटन अस्पतालपनि प्याक भैसकेको छ। निजी केही अस्पतालमा मात्र भेण्टिलेटर छन।

यो अवस्था भनेको बिकराल अवस्था हो। हामी जेठमा पिकमा पुग्ने पक्कै छ। तर जेठमा पुग्नु पहिलेनै अस्पतालका शय्याहरु भरिएका छन। अचम्म छ ३८ वर्षको मानिस सिकिस्त हुनुहुन्छ, १० दिन भयो सुधारनै छैन। ३९ वर्षको मानिस त्यस्तै हुनुहुन्छ। हालै ४९ वर्षका मानिसको निधन हुन गयो। आईसियुमा गयो भने युवा पुस्ता सिकिस्त अवस्था देखिन्छ। निमोनिया उपचार गर्दा केही समय बढी लागेजस्तो अनुभव भैरहेको छ। हामी संक्रमणको ठूलो संघारमा घुसिसकेका छौं। भुसको आगो, यो कुरा कसैले बुझेको छ कि छैन हामी भुसको आगोमा छौं।

म अहिले आउँदा बाटोमा छिर्ने ठाँउ छैन। मानिसहरुको भिड छ। यो संबेदशीलता कसैलेपनि बुझेको छैन। यो जसको परिवार सिकिस्त भएर उपचार गराई रहेका छन अस्पताल बाहिर परिवारका सदस्य  कुरिरहेका छन उनिहरुले मात्र बुझेका छन।

अहिलेको भाईरसको प्रकृति फरक देखिरहेको छु। भारतबाटे देखिसक्यो निक्कै संक्रामक छ। धेरै मानिस मित्र राष्ट्र भारतबाट नेपाल भित्रिनु भएको छ। हाम्रो नेपाली दाजु भाई भित्रिनु भएको छ। धेरै ठाँउमा पस्नु भएको छ। त्यो बाहेक बिभिन्न राष्ट्रबाट आउने तथा युकेमा देखिएको भेरिएण्ट नेपालमा पनि देखिएको छ।

 हामी संक्रामक भाईरससंग लडनु पर्ने अवस्था छ। तर हामीले सबै मापदण्ड तोडिसकेको अवस्था छ।हामीले सरकारलाई मात्र दोष दिएर हुँदैन। सरकारलाई मात्र दोष दिएर कोरोनाबाट जोगिन्छौं भनेर नसोचेपनि हुन्छ। यसमा आम सर्वसाधारण र सरकार सगैं मिलेर हिंडनु पर्छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes