१ सय ४ वर्षीया वृद्धा कोरोनाबाट मुक्त


कोलम्वियाको राजधानी वोगोटाको एउटा अस्पतालबाट कोरोना भाइरसलाइ जितेर बाहिरिँदै गर्दा १०४ वर्षीया कारनेन हर्नान्डिजको सम्मानमा ताली बजाउन सान रफेल अस्पतालका नर्सहरूको घुईंचो लागेको थियो।

हर्नान्डिजले कोरोना भाइरसलाइ जितेको यो पहिलो पटक होइन । गत वर्षको जूनमा पनि यिनले कोरोना भाइरसलाइ परास्त गरिन् । गत फेव्रुअरीको अन्तिम हप्ता उनले कोभिड विरूद्दको खोप लिइन् । तर खोप लिएको एक महिनामा यिनलाइ पुनः कोभिड देखा पर्यो । अस्पताल लगियो र उनको उपचार भयो । दैवको लीला, तीन हप्ताको अस्पताल बसाइबाट उनी सकुशल घर फर्किइन् । यति वृद्द उमेरमा पनि कोरोनालाइ दोस्रो पटक जित्ने उनी पहिलो व्यक्ति हुन् । हुनत यस अघि जनवरीमा १०९ वर्षीया हिल्डा व्राउन र १०८ वर्षीया एन्ना डेल पायोरेले पनि पहिलोपटक कोरोनालाइ परास्त गरेका थिए । 

त्यसैले कोरोना लाग्दैमा आत्तिनु हुँदैन र लागेको छैन भनेर मात्तिनु हुँदैन भन्ने यो गतिलो प्रमाण हो । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes