कडा भयो निषेधाज्ञा, अब हिडडुल गर्न पनि नपाइने


काठमाडौंमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जारी भएको निषेधाज्ञाको समय थप भएको छ । आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्दै कडाई गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमण दर झनै बढेकाले थप एक साता निषेधाज्ञा गरिएको छ । अब थप भएको निषेधाज्ञा अवधमिा अनावश्यक रुपमा हिडडुल गर्न पनि नपाइने भएको छ । मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ।

त्यस्तै खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। यसअघि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइएको थियो। त्यस्तै बैंक तथा वित्तिय सस्थाको हकमा केन्द्रीय कार्यालयमा २५ प्रतिशत र शाखामा २० प्रतिशत कर्मचारी राखेर संचालन गर्न निर्देशन दिइएको छ। 

यस्तै पत्रकारहरुको हकमा आवतजावत गर्न अब सूचना विभागको परिचयपत्र अनिवार्य गरिएको छ।

यसअघि सम्बन्धित सञ्चारगृहको परिचय भएका पत्रकारले आवातजावत गर्न पाउने व्यवस्था रहेकोमा सूचना विभागको कार्ड अनिवार्य गरिएको हो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes