आज थपिए ७६६० कोरोना संक्रमित


नेपाल कोरोना संक्रमितको संख्या दिनदिनै बढीरहेको छ । आज मात्रै साढे ७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ६६० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

१६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन्। हाल २५३ जना संक्रमित क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा एक हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो। यो सहित नेपालमा मृतकको संख्या ३ हजार ४१७ पुगेको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes