उपचार सहज बनाउन कैलालीका सीडीओलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन


उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो स्थितिबारे जानकारी लिँदै राज्यको उपस्थिति जनाउन त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।

कोभिड–१९ रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक पोखरेलले आज प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी सो जिल्लामा बिरामीले उपचार नपाएको, शव व्यवस्थापन नभएका जस्ता गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएको हो। उनले संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनतालाई राहतको महसुश गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयन गर्न आग्रह गरे ।

मन्त्रिपरिषद्ले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको समन्वय गर्न तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिधै आफू वा सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन दिए । 

उपप्रधानमन्त्री पोखरेलले सिमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सिडियोसँग जानकारी लिएका थिए । 

प्रजिअ रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर बनाइरहेको जानकारी दिए। त्यसका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई संयुक्त व्यवस्थापनको जिम्मा दिइएको उनले जानकारी गराए । 

उपप्रधानमन्त्री पोखरेलले अक्सिजन ग्यासको दुरुपयोग रोक्नुपर्ने भन्दै धनगढीको अक्सिजन प्लान्टको क्षमता बढाउन आवश्यक परे सिसिएमसीले सहयोग गर्ने बताए । खाद्यान्न तथा अत्यावश्यक सामाग्रीको ढुवानी बाहेक सिमामा आवातजावतमा कडाइ र निगरानी गर्न पनि उनले निर्देशन दिएको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

उपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोरोनाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes