ह्याम्स र केएमसीसहित सात ठूला अस्पतालमा अनुगमन गरेपछि यस्तो भन्यो विभागले


नेपालन्युज
बिहीबार , २३ बैशाख , २०७८

कोभिड–१९ को विरामीका लागि उपचार गरेवापत बढी शुल्क अशुल गरेको भन्दै ह्याम्स र केएमसी सहित सात ठूला अस्पतालमा अनुगमन गरेको छ । आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग सहितको टोलीले बिहिबार सिभिल अस्पताल, ॐ अस्पताल, केएमसी, मेडिकेयर, ह्याम्स, ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरेको हो ।

अस्पतालहरुमा उपलब्ध सेवाहरू, शुल्क समेतका बारेमा केन्द्रित भइ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, काठमाडौ र नेपाल प्रहरी समेतको सहभागितामा संयुक्त अनुगमन गरेको छ । ती अस्पतालहरूमा उपलब्ध सेवा र शुल्कका बारेमा थप अध्ययन गर्नुपर्ने देखिएको विभागको निष्कर्ष छ।

छानबिनका लागि कागजात पेश गर्न आदेश पनि दिइएको विभागले जानकारी दिएको छ । अनुगमनका क्रममा आयातकर्ताबाट ती अस्पतालहरुलाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधी पर्याप्त नभएको पाइएको बताइएको छ आफ्नो अस्पतालमा उपचाररत बिरामीहरुलाई उपयोग गरेकोमा ५ हजार १ सय रुपैयाँ अधिक मूल्य लिएको नपाइएको उल्लेख छ ।

औषधीको न्यून उपलब्धता, वितरण प्रद्धती प्रभावकारी नहुँदा एक अस्पतालमा संचित भइरहेको र अर्को अस्पतालमा अभाव भइरहेको समेत भेटिएको छ । बिरामीको अनुपातमा उपलब्ध वेड संख्या अपुग रहेको, अस्पतालमा नै तोकिएको स्वस्थ्य मापदण्ड पालना नभएको, अस्पताल पिच्छे उपलब्ध सेवा र शुल्कबीच असमानता रहेको पाइयो । संक्रमण फैलिरहेको समयमा भौतिक उपस्थित भएर अनुगमन गर्न जोखिमपूर्ण रहेको समेत अनुगमनमा खटिएका कर्मचारीहरूको गुनासो छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal