क्षमताभन्दा तेब्बर कैदीबन्दीले सङ्क्रमणको जोखिम


नेपालन्युज
शनिबार , २५ बैशाख , २०७८

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना सङ्क्रमणको जोखिम बढेको कारागारका अनिल तिवारीले जानकारी दिए । कैदीबन्दी बढी हुँदा कोरोना सङ्क्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ । उनले भने, “बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राखिएको छ ।

”कारागारमा अहिले ३८ कैदी र ३३ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा त्रिपाल राखेर कैदीबन्दीहरुको बसोबासको व्यवस्था मिलाइएको छ । उनले भने,“ सङ्क्रमणको जोखिम बढ्दै गएको छ तर हालसम्म एकजनामा पनि सङ्क्रमण देखिएको छैन् ।” कैदी तथा थुनुवालाई भेटघाट गर्न दिँदा सङ्क्रमणको जोखिम हुने भएकोले भेटघाट बन्द गरिएको छ । २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal