काेराेना संक्रमित गर्भवती तथा सुत्केरी अवस्थामा यी खानेकुराहरु खानूस्


नेपालन्युज
शनिबार , २५ बैशाख , २०७८

कोरोनाको संक्रमण दिनानुदिन बढिरहेको छ । लक्षण नदेखिएका संक्रमितहरु घरमा नै आइसोलेसनमा बसिरहेका छन् भने लक्षणसहितका संक्रमितहरु अस्पतालमा छन् । रोगसंग लड्ने क्षमता कम भएमा संक्रमितहरुमा थप जटिलता उत्पन्न हुनसक्छ । त्यसैले संक्रमितहरुले खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कोभिड १९ संक्रमित गर्भवती वा सुत्केरी अवस्थामा क्यालोरी, प्रोटिन तथा अन्य पोषक तत्वहरुके आवश्यकता पनि बढि हुने भएकाले स्वस्थ, पोषिलो र सन्तुलित खानाको आवश्यकता हुन्छ । 

कोभिड १९ संक्रमित गर्भवती तथा सुत्केरी महिलाहरु यस्ता खानेकुराहरु खानूस्

-गर्भावस्थामा साविकको भन्दा थप १ पटक पोषिलो खाना तथा स्तनपान गराईरहेको बेला थप २ पटक पोषिलो खाना खाने ।

–हरेक छाकमा कुनै न कुनैअन्न, गेडागुडी, पशुपंक्षी जन्य (दूध, मासु, अण्डा), सागपात तथा फलफूल गरि विभिन्न चार समुहबाट खानेकुराहरु मिलाएर खाने।

–आइरन तथा फोलेट पाइने खाना (माछा, मासु र कलेजो, टुसा उमारेको गेडागुडी, गाढा हरियो सागपातहरु) नियमित खाने । यी खानाहरुबाट पर्याप्त मात्रामा आइरन प्राप्त गर्न भिटामिन सी युक्त खानेकुराहरु जस्तैस् अम्बा, सुन्तला, कागती, अमला आदि पनि सँगसँगै खाने ।

–भिटामिन ए धेरै पाइने खानेकुराहरु (अण्डा, कलेजो, मेवा, आँप, गाँजर, पहेंलो फर्सि, गाढा हरियो सागपात) नियमित र प्रसस्त खाने ।

–कोभिड १९ संक्रमित गर्भवती तथा सुत्केरी महिलाहरुले नियमित खाँदै आएको आइरन फोलिक एसिड चक्कीलाई निरन्तरता दिने ।

–कोभिड १९ संक्रमित गर्भवती तथा सुत्केरी महिलाहरुमा थप जटिलता आउन नदिन उनीहरुलाई विशेष हेरविचार साथै मनोसामाजिक सहयोग तथा परामर्शको आवश्यकता पर्दछ ।

–बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने ।

–रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने । भिटामिन ए, भिटामिन सि, भिटामिन इ, जिङ्खजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषक का रुपमा लिइन्छ । 

–चिकित्सकको सल्लाह लिइ दैनिक रुपमा सामान्य कसरत गर्ने, चिन्तामुक्त रहने ।

–धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने ।

–बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने ।

–कार्बोनेटेड पेय पदार्थ नखाने ।

–चिल्लो, तारेको खानेकुराहरु नखाने ।

–धुम्रपान तथा मद्यपान नगर्ने ।

यो पनि पढ्नुहोस्

कोरोना संक्रमित यी खानेकुराहरु खाँदै नखानूस्


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal