तत्काल खोप व्यवस्था गर्न माग


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा ९माओवादी केन्द्र० कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा ९एमाले० कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टीका कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालद्वारा जारी विज्ञप्तिमा मुलुकमा कोरोना सङ्क्रमणको महामारी र यसले सबै गतिविधि ठप्प भएका कारण आमनागरिकका लागि कोभिडविरुद्वको खोप पहिलो आवश्यकता भएको भनिएको छ । 

विज्ञप्तिमा प्रदेश सरकार र स्थानीय सरकार नागरिकको अपेक्षाअनुसार खोप भित्र्याउन असफल भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । शिक्षकलगायत विभिन्न पेशा, व्यवसायमा आबद्व नागरिकलाई खोपको प्राथमिकता राख्न र दोस्रो मात्राको खोप लगाउन नपाएका नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal