बारम्बार हाँछ्यु आँउछ ? यस्ता छन् हाँछ्यु रोक्ने घरेलु उपाय


नेपालन्युज
सोमबार , ०४ श्रावण , २०७८

हाछ्युँ कहिले काहीँ सबैजनालाई आउने गदर्छ । तर मौसम परिवर्तनका कारण हुने एलर्जीले हामीलाई बारम्बार हाछ्युँ आउन सुरु गर्छ । कहिले काही हामीलाई बारम्बार हाछ्युँ आउदा टाउको दुख्ने पनि हुन्छ । हाछ्युँ आइरहनु केही रोगको लक्षणको संकेत भएकाे  आयुर्वेद चिकित्सक बताउँछन् । हाछ्युँले नाक वा घाँटीको भित्रकाे दुषित पदार्थ बाहिर निकाल्छ । यो शरीरको एलर्जीबाट बच्ने स्वाभाविक प्रक्रिया हो । यदी कोही व्यकि्तलाई  छिटो-छिटो हाछ्युँ आउछ भने त्यस व्यक्तीकाे रोग प्रतिरोधात्मक क्षमतामा कमि आएको हुनसक्छ । त्यसैले यस्तो बेलामा यी घरेलु उपाय अपनाई बारम्बार आउने हाछ्युलाई बन्द गनुहाेस् । 

हाछ्युँ कसरी आउछ ? 

हाम्रो नाकमा श्लेष्म झिल्ली हुन्छ । जसको टिश्यु र कोषहरू धेरै संवेदनशील हुन्छन् । त्यसैले कुनै पनि प्रकारको चिडचिडे वस्तु वा कडा गन्धको सम्पर्कमा आउँदा हाछ्युँ आउँछ।

बारम्बार आउने हाँछ्युलाई रोक्ने यस्ता छन् घरेलु उपाय

अदुवा – एक चम्चा अदुवाको रसमा आधा चम्चा सक्खर (गुड़) मिलाएर दिनको दुइ पल्ट खाने । यसो गर्दा बारम्बार आउने हाँछ्यु बन्छ हुन्छ । 

दालचिनी– एक गिलास तातो पानीमा एक चम्चा मह र आधा चम्चा दालचिनीको पाउडर मिलाएर पिउने । हाँछ्युमा आराम मिल्छ । 

हिंङ –लगातार हाँछ्यु आउदा थोरै हिंङलाई विस्तारै सुङ्ने । यसो गर्दा राहत मिल्छ । 

पुदिना – एक गिलास पानीमा पुदिनको तेल वा पातलाई राखेर उमाल्ने र त्यसको बाफ लिने । यस्ले तपाईलाई राहत मिल्छ । 

ज्वानो– एक गिलास पानीमा आधा चम्चा ज्वानोर राखेर उमाल्ने । त्यसलाई मनतातो भएपछि छान्ने । छानेको ज्वानो पानीमा एक चम्चा मह मिसाएर पिउने । यस्ले बारम्बर आउने हाँछ्युलाई बन्द गर्छ ।  

बेसार – एक गिलास तातो दुधमा एक चम्चा बेसार राखेर पिउने यो हाँछुयुको राम्रो उपचार हो । 

कागती – एक गिलास मनतातो पानीमा एक चम्चा मह र आधा कागतीको रस मिलाएर पिउने । यसाे गर्दा हाछ्युँ तुरून्त बन्छ हुन्छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal