२७१४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

पछिल्लो २४ घन्टामा थप २७ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ८२९ नमूना परीक्षणमा २७ सय १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

९१ सय २२ नमूनाको पीसीआर र ३७ सय ७ नमूनाको एन्टिजेट विधिबाट परीक्षण गरिएकोमा पीसीआरबाट १८ सय ५५ र एन्टिजेन विधिबाट ८५९ जनामा संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घन्टामा १२ सय ८८ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। निको हुने यो दर ९४.५ प्रतिशत हो। यस्तै बिहीबार कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal