काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दो, सक्रिय संक्रमितको संख्या कत्ति ?


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा ७ सय ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७५१ जनामा संक्रमण भएको हो । जसमध्ये काठमाडौंका ५३६, भक्तपुरका ८५ जना र ललितपुरका १३० जना छन् । त्यस्तै उपत्यकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या करिब ८ हजार पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म उपत्यकाका तीन जिल्लामा सात हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा मात्रै ५ हजार ९१६, भक्तपुरमा ९३५ जना र ललितपुरमा १ हजार ६१ जना सक्रिय संक्रमित छन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal