दाँत दुखेकाे छ ? यस्ता छन् घरेलु उपायहरु


नेपालन्युज
मंगलवार , २९ भाद्र , २०७८

पछिल्लो समय दाँत दुख्नु, दाँतमा किरा लाग्नु आम समस्या जस्तै बनिसकेको छ । दाँत दुख्ने समस्या जो कोहीलाई पनि हुनसक्छ । दाँत दुख्नु एक पिडादायी समय हो । यसका साथै खाना खान समेत गाह्राे हुन्छ । यदि दाँत दुखाई धेरै नै भएमा डाक्टरको सल्लाहअनुसार उपचार गर्नु राम्रो हुन्छ । तर केहि यस्ता घरेलु उपचार पनि छन् जसले दाँत दुखाई कम गर्छ ।   

–पिसेको धुलो बेसार र नुनलाई तोरीको तेलमा मिसाउने । मञ्जनजस्तै हिलो बनेको यो मिश्रणले दैनिक दुई-तीन पटक दाँतको मालिस गर्दा वा यसले ब्रस गर्दा दाँतको किरा मर्दछ । 

–किराले खाएर खोक्रो बनेको भागमा कपासलाई ल्वाङको तेलमा भिजाएर राख्ने । यसो गर्दा दाँतमा लागेको किरा मर्दछ । 

यो पनि पढ्नुहोस्

दाँत सफा र स्वस्थ बनाउन यसो गर्नुस्

यो पनि पढ्नुहोस्

दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसाे गर्नूस्

यो पनि पढ्नुहोस्

दाँतबाट रगत आउने समस्या छ ? यस्ता छन् घरेलु उपायहरु !

–तातो पानीमा फिटकिरी घोलेर बिहान-बेलुकै मुख कुल्ला गर्दा दाँतको किरा मर्नुका साथै गन्ध पनि हराएर जान्छ । 

–तुलसीको पातलाई तोरीको तेलमा मिसाएर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।

 –पुदिनाको पात चबाउँदा पनि दाँतको दुखाई कम हुन्छ ।   

–किरा लागेको दाँतमा बरको चोप लागउँदा किरा मर्नुका साथै दुखाई पनि कम हुन्छ।

– काँक्रोको गुदी दुखेको ठाउँमा राख्दा वा काँक्रो खाँदा दुखाई कम गर्छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal