निमोनिया त भएको छैन ? यसबाट बच्ने यस्ता छन् उपायहरु


नेपालन्युज
मंगलवार , २९ भाद्र , २०७८

विभिन्न प्रकारका जीवाणुहरुको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी नै निमोनिया हो । निमोनिया हुँदा फोक्सोका कोषहरु सुनिन्छ, खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने , ज्वरो आउन, श्वासप्रश्वसमा बाँधा उत्पनन हुन्छ । व्याक्टेरिया र भाइरसका बाहेक अरू कारणले पनि निमोनिया हुन सक्छ। कुनै अर्को रोगको कारण अस्पताल भर्ना भएका बिरामीहरूमा पनि निमोनिया देखिन सक्छ। अस्पताल क्षेत्रमा भएका जीवाणुका कारणले गर्दा हुने भएकोले यसलाई रोक्न त्यत्ति सजिलो छैन। रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू जस्तै, मधुमेहका बिरामी, अङ्ग, प्रत्यारोपण गरिएका व्यक्तिहरू क्यान्सरका बिरामी र स्टेरोइड औषधि सेवन गरिरहेका बिरामी आदिमा निमोनिया चाँडै लाग्दछ। त्यस्तै धुम्रमान र मदिरा अत्यधिक सेवनले पनि न्युमोनिया हुन सक्छ  पुग्छ । 

निमोनियाको लक्षण

– ज्वरो आउने

– खोकी लाग्ने

– श्वासप्रश्वास दर बढ्ने

– छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्ने

– श्वास फेर्न कठिन हुने

– स–साना बालबालिकाहरुले आमाको दुध नचुस्ने र खानेकुरा नखाने 

 –कारण बेहोस हुने

 – शरीरको तामक्रम कम हुने समस्या पनि देखिन्छ।

यसबाट बच्ने यस्ता छन्  घरेलु उपायहरु :

लसुन 

एक कप दूधमा चार कप पानी हाल्ने र ३ ,४ ओटा लसुन  लसुन मिसाउने  र यसलाई उमाल्नुहोस्।  जब यो एक चौथाई ९¼० हुन्छ  तब यो दैनिक रुपमा दुई पटक पिउने । 

बेसार 

 तातो दूधमा बेसार मिसाएर दिनमा दुईपटक पिउने । यसका साथै एक गिलास मनतातो पानीमा आधा चम्चा बेसार र एक चौंथाई कालो मरिच पाउडर राखेर पिउने । 

तुलसी 

तुलसीको रसमा कालो मरिच राखेर पिउने । यसले तपाइँलाई निमोनिया बाट राहत पाउन मद्दत गर्दछ।

पुदिना 

चियामा पुदिनाको पात राखेर खानाले गर्नाले पनि निमोनिया को लागी एक औषधि को रूप मा काम गर्दछ।

गाँजर 

गाँजरको रस खानाले पनि निमोनियाको लागि औंषधीको रुपमा काम गर्दछ ।

तिल 

एक कप पानीमा एक चम्चा तिल उमाल्ने। यसलाई फिल्टर गर्ने र एक चम्चा मह र थोरै नुन मिलाउने । यो मिश्रण दैनिक उपभोग गर्ने ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal