मधुमेह अर्थात डायविटिज भएकाे छ ? यस्ता छन् कम गर्ने घरेलु उपायहरु


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

मधुमेहलाई नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस नेपालीमा मधुमेह भन्ने गरिन्छ । पछिल्लो समय नेपालमा पनि मधुमेहको रोगीहरु बढ्दै गएका छन् । मधुमेह आम समस्या जस्तै बनिसकेको छ । बद्लिदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहको रोगी बढ्दो छ

मधुमेह हुँदा हुन सक्ने लक्षणहरु 

-वारम्वार पिसाव लाग्नु

- आँखा धमिलो हुनु 

-  कमजोरी वा सजिलै थाक्नु 

- घाउहरु ढिलो निको हुनु

- पैतालाहरुले के हि पनि महसुस गर्न नसक्नु

- महिलाहरुमा वारम्वार योनीको संक्रमण

हटाउने घरेलु उपायहरु 

-तीनदेखि चार हरियो प्याज जरैसँग लिने । त्यसलाई राम्ररी धुने । अब उक्त प्याजलाई दुई लिटर पानीमा भिजाएर रातभर राख्ने । बिहान पानी पिउने । १ महिना निरन्तर यो विधी अपनाउनुपर्छ, मधुमेह नियन्त्रण हुन्छ ।

-अमला, करेला, नीम, मेथी दाना र घिउमुकारीले मधुमेह नियन्त्रणमा प्रभावकारी काम गर्छ । करेलामा भिटामिन ए, बि९१, बि९ २, सि हुन्छ । यी पोषक तत्वले रगतमा सुगर र पिसाबको सुगर कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले हरेक दिन एक गिलास करेलाको जुस पिउनैपर्छ ।

- आँपको ताजा पात सुकाउने । त्यसलाई पिसेर पाउडर बनाउने । अब खाली पेटमा एक चम्चा यो पाउडर पानीसँग पिउने । 

-आँपको ताजा पातलाई रातभरी पानीमा भिजाउने । बिहान त्यसलाई उमालेर खाली पेटमा पिउनुपर्छ ।

-मेथी दाना १ सय ग्राम, तेजपत्ता १ सय ग्राम, बेल पत्रको पात २ सय ५० ग्राम । यी सबैलाई सुकाएर पिस्ने । बिहान खाली पेटमा उक्त धुलो एक चम्चा जति खानुपर्छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal