किन डढ्छ घाममा छाला, यो समस्याबाट कसरी छुटकारा पाउने ?


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

लामो समयसम्म घाममा बसेर काम गर्नाले घाममा हिड्नाले छाला डढ्ने गर्दछ ।  छाला डढ्दा छालालाई मात्र होइन् अन्य रोगको खतरा समेत बढाउछ । यसले रुखो छाला, कालो दाग र छालाको क्यान्सर जस्ता रोगपनि बढाउछ । तसर्थ आफु घरबाट बाहिर निस्कदा छालाको बिशेष ख्याल राख्नुपर्छ । युवी किरणले छालालाई डढाउछ जसको कारण दुखाई हुने, रातो हुने र सुन्निने जस्ता छालामा समस्या हुन्छ ।

कसैलाई चिसो मौसम वा वर्षाको समयमा पनि छाला डढ्ने समस्या हुन्छ । करिब ८० प्रतिशत मानिसहरु युवी किरणबाट सिकार भएका छन् । सुर्यको प्रकाशको सिधै सम्पर्कमा आउदा पनि गम्भिर रुपमा छाला डढ्न सक्छ ।

यो पनि पढ्नुहोस्

गर्मीले अनुहार कालो भयो ? यस्ता छन् घरेलु उपाय

यो पनि पढ्नुहोस्

बिग्रिएको अनुहारको छालालाई फेरी सुन्दर बनाउने यी हुन् घरेलु उपाय

छाला डढ्नबाट बच्ने उपायहरु 

-सकेसम्म घाममा ननिस्कने । निस्कनै परेमा छालाको सुरक्षामा पुर्ण रुपमा ध्यान दिने ।

-घामको सट्टा शितलमा बस्ने, हिड्ने

-घामबाट आँखा जोगाउनको लागि सनग्लासको प्रयोग गर्ने

-शरीरलाई घामबाट जोगाउन पुरै कपडा लगाउने, शरीरको सबै अंग ढाक्ने गरी कपडा लगाउने ।

-सकेसम्म बिहान १० बजेपछि र बेलुका ४ बजेको बिचमा घाममा ननिस्कने ।

-सनस्क्रिनको प्रयोग गर्ने ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal