पिनास भएको छ ? यसबाट बच्ने यस्ता छन् उपायहरु


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधको कारण हुने रोग हो पिनास । नाकको नजिकै अनुहारको हड्डाीहरुको भित्र नम हावाको रिक्त स्थान हो। जसलाई वायुविवर अथवा साइनस पनि भन्निछ । 

\साइनसमा पातलो झिल्लीको तह हुन्छ । जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ र साइनसमा सिँगान भरिन्छ र सुनिन्छ । साइनसको निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ।जहाँब्याक्टेरिया एवं भाइरस विकसित हुन सक्छ र अन्ततोगत्त्वा पिनास हुन सक्छ। जाडो तथा मौसम बदलीको समयमा पिनासको समस्या बढी हुने गर्दछ । पटक पटक रुघाखोकी लागी रहने व्यकि्तमा पिनास हुने सम्भावना बढी हुन्छ । धुँवा, धुलो एलर्जी लगायत नाकमा हुने संक्रमणले रुघा खोकी र पिनासको सम्भावना बढाउने हो । 

 लक्षण 

–पिनासको प्रारमि्भक लक्षण नाक बन्द हुने, टाउको दुख्ने, र अनुहारको छेउछाउ दुख्नु । 

– पिनास बढ्दै गएमा ज्वरो आउने , जिउ दुख्ने, आँखाको तल्लो भाग दुख्ने ।

– बच्चामा पटक पटक रुघा लाग्ने र ज्वारो आउने ।

–संक्रमण फैल्दै आँखामा पुगेमा पिप जम्ने तथा आँखामा जटिल खालको समस्या देखा पर्दछ ।

यो पनि पढ्नुहोस्

बोझो खानुका यस्ता छन् फाइदाहरु

यो पनि पढ्नुहोस्

पिनास भएको छ ? यी कुराहरु खाँदै नखानूस्

बच्ने उपाय 

 –नाकमा एलर्जी हुनबाट जोगिने । भिटामिन सी युक्त खानेकुरा प्रशस्त मात्रामा खाने ।

–चिसोको समयमा रुघाखोकीले बढी सताउने हुँदा चिसोबाट बच्ने ।

–धुँवा ,धुलोबाट जोगिने, नाकमा समस्या देखिएमा चिकिस्तसकको सल्लाह लिने ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal