किन रोकिन्छ महिनावारी ?


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

महिनावारी महिलाहरुमा हुने प्राकृतिक प्रकिया हो । यो सबै महिलाहरुमा हुने गर्दछ । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा हुने गर्दछ । अझ कसै कसैमा त आठ बर्ष देखि नै महिनावारीको लक्षण देखा पर्दछ । महिनावारीको अन्तर २७,२८ दिनको हुने गर्दछ । र महिनावारी ४५ वर्षको उमेर भित्रमा सकिन्छ । तर, धेरै महिलालाई आफ्नो महिनावारी बन्द हुने अवस्थाका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको पाइन्छ ।

महिनावारी भइरहेका महिलामा लगातार छ महिनादेखि एक वर्षसम्म महिनावारी नभएमा बन्द हुने अवस्थामा पुगेको मानिन्छ । साधारणतः ४५ वर्षदेखि ५५ वर्षभित्र बन्द हुने भए पनि धूमपान र कुपोषणका कारण सो समयभन्दा अगावै पनि महिनावारी बन्द हुन सक्छ । उमेर पुगेका कारणले अण्डाशयको कार्यह्रास हुँदै जानु, प्रजनन प्रणालीमा गम्भीर सङ्क्रमण या अस्वाभाविक मासुको डल्ला बढ्नु र कुनै प्रकारको विकिरण वा डिम्ब विकास हुनमा बाधा परेमा पनि महिनावारी रोकिन सक्छ ।कुनै शल्यक्रिया गरी पाठेघर र डिम्बाशय निकालेमा पनि महिनावारी बन्द हुन सक्छ ।  

महिनावारी बन्द भएपछि केही महिलामा हाड कमजोर हुने, पिसाब रोक्न नसकिने, पाठेघर बाहिर आउने वा आङ खस्ने, मुटु रोग देखा पर्ने, दृष्टि कमजोर हुँदै जाने, तौल बढ्ने र कसैकसैलाई स्तन क्यान्सर पनि हुनसक्छ ।

यसका लक्षणहरू

-अनुहार घाँटी तातो हुने,

 -राति पसिना आउने,

-निन्द्रा नलाग्ने,

 -टाउको दुख्ने,

-यौनक्रियामा मन नलाग्ने,

-हातखुट्टाका जोर्नी दुख्ने, 

-योनी सुक्खा हुने, 

-पिसाब छिटोछिटो लाग्ने,

 -पिसाब रोक्न गाह्रो हुने,

 -छाला सुक्खा हुने र शरीरमा केही हिँडेको जस्तो अनुभव हुन

बच्ने उपायहरु 

-आराम लिने,

-धुम्रपान, मद्यपान नगर्ने, 

-कफी, चिया, नुन र चिल्लो कम खाने, 

-योगा, ध्यान गर्ने, चाख लाग्दा किताब पढ्ने, रमाइलो क्रियाकलापमा शारीरिक सक्रियतालाई निरन्तरता दिई  

- तल्लो पेटको मांशपेसीलाई खुम्च्याउने खालको व्यायाम गर्ने,

 -बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने, 

-गह्रौँखालका सामान नउठाउने र महिनाको एकपटक स्तन आफैँले जाँच गर्ने गर्नुपर्छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal