यस कारण हुन्छ फिस्टुला, यसरी गर्नुहोस् रोकथाम


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

शरीरको कुनै पनि भित्री अंगहरुमा पर्नै अनावश्यक प्वाल नै फिस्टुला हो । फिस्टुला महिलाहरुमा हुने अब्स्ट्रेटिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर्दछ । लामाे प्रसव व्यथामा महिलाहरुको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरु बच्चाको दबाबले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्छन्र तिनमा प्वाल पर्छ र त्यसबाट पिसाब वा दिसा अनियन्त्रित रुपमा बाहिर निस्कन्छ ।महिलाको पाठेघरमाथि पिसाबथैली र तलपट्टि दिसाथैली हुन्छ। बच्चा जन्माउने ब्यथा लाग्दा पाठेघरको मुख पातलो हुन्छ। बच्चाको टाउको पाठेघरको मुख हुँदै योनीमार्गको तल्लो भागमा आउँछ ।

फिस्टुला हुनुको कारण 

–फिस्टुला हुनुको मुख्य कारण लामो समय व्यथा लाग्नु र योनीमार्गमा बच्चाको टाउको धेरै बेरसम्म रहनु हो ।  

– बच्चा जन्माउने व्यथा लागेपछि तालिमप्राप्त स्वास्थ्यकर्मीले बच्चा नजन्माएमा,

– न्यून आर्थिक स्थिति र कामको बोझका कारण,

– बालविवाह, बलात्कारलगायत अन्य प्रकारका लैङ्गिक विभेदमा परेका महिलाले आवश्यक स्वास्थ्य उपचार र परामर्श सेवाको अभावमा,

यसका लक्षणहरु

–दिसा–घरवरिपरिको भागमा पटक–पटक पिलो वा पिलोजस्तै साधारण प्रकारको घाउ हुने ।

–पिपजस्तो तरल पदार्थ आउने ।

–बारम्बार दिसा कब्जियत हुने, दिसा गर्न गाह्रो हुने ।

–दिसा गर्दा दुख्ने, पोल्ने, रगत आउने ।

– योनीबाट निरन्तर पिसाब, दिसा चुहिनु

– योनीमार्गको भागमा रक्तसञ्चार बन्द हुनु

– रक्तसञ्चार बन्द भएको भागको कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ

रोकथामका उपाय

– सानै उमेरमा विवाह नगर्ने 

– सानो उमेरमाबच्चा नजन्माउने,

– बालिकालाई खानामा विभेद नगर्ने,

– किशोरावस्थामा विकासका लागि आवश्यक पर्ने सन्तुलित आहारमा विशेष ध्यान दिने,

– गर्भवती महिलालाई पर्याप्त मात्रमा सन्तुलित खाना खुवाउने,

– गर्भवती जाँच नियमित रुपमा कम्तीमा ४ पटक गर्ने,

– गर्भवतीको श्रीमान् तथा परिवारका सदस्यले गर्भावस्था र प्रसवको समयमा आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको पूर्वतयारी गर्ने,

– सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्थामा लगेर तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माउने


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal