सूचना प्रविधि

यसरी पठाउनुस् एकै पटक धेरै नम्बरमा एसएमएस

व्यक्ति वा संस्थाले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश एसएमएस पठाउन सकिने भएको छ । नेपाल टेलिकमले यो एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ । नेपाल टेलिकमले ग्राहकहरुको आवश्यकता अनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवाहरु उपलब्ध गराइरहेको जनाएको छ ।

दुरसञ्चारको वदमासीमा पत्रकारले निग्रनी बढाउनु पर्छ : मन्त्री गुरुङ

दुरसञ्चार क्षेत्रमा भएको कम्जोरीलाई पत्रकारले निग्रनी बढाउनु पर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए । दुरसञ्चार सेवा प्रभावकारी नभए पत्रकारिता पनि प्रभावकारी नहुने भन्दै नेपाल पत्रकार महासंघले मुख्य एजेण्डाकै रुपमा लिएर जानु पर्ने बताए । 

नेपालमा किन महँगो भयो इन्टरनेट? यसो भन्छन् सरोकारवालाहरु

अर्थ मन्त्रालयका उपसचिव शरद निरौलाले सरकारले पूर्वाधार बनाउनको लागि लगानी गर्नुपर्ने भएकाले कर उठाउनै पर्ने बाध्यता रहेको बताए। उनले अवस्था हेरेर इन्टरनेटको कर हेरफेर हुने भन्दै लागत सस्तो हुँदैमा प्रयोग नबढ्ने दाबीसमेत गरे। अहिले पनि उपभोक्ताबाट इन्टरनेट सेवा महँगो भएको गुनासो नआएको बताए।

ठूलो स्क्रिन र धेरै सञ्चय क्षमता भएको ओपो ए१५एस सार्वजनिक

ठूलो स्क्रिन धेरै सञ्चय क्षमता भएको ओपोको मोवाइल सार्वजनिक भएको छ । ओपोले नेपालमा ए सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओपो ए१५एस सार्वजनिक गरेको छ । बृहत्त सञ्चय क्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको ओपो ए१५एस ले प्रयोगकर्तालाई बिना कुनै अवरोध मनोरञ्जन लिने अवसर प्रदान गर्छ ।

अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दाे, २ हजार बढी भए दर्ता

पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् । 

सावधान ! मोबाइल सिरानीमा राखेर सुत्ने बानी छ?

पछिल्ला दिनहरुमा मोबाइल फोन मानिसको जीवनको अभिन्न अंग नै बनिसकेको छ। आधुनिक प्रविधिको युगमा हात-हातमा मोबाइल नहुने मान्छे त सायद कमै होलान्। अहिलेत मानिसको सबैभन्दा नजिको साथी नै मोबाइल बनिसकेको छ।

शक्तिशाली क्यामरा र वेट्री भएको सामसुङ मोवाइल नेपालमा आउदै

४८ मेगापिक्सल क्यामरा र ७ हजार एमएचको वेट्री भएको शकि्तशाली मोवाइल नेपाली बजारमा आउने भएको छ । सामसुङ कम्पनीले सामसुङ ग्यालेक्सी एफ६२ नामको मोवाइल नेपाल चाँडैनै ल्याउने तयारी गरेको छ । 

विदेश कल गर्दा १० मिनेटलाई २५ रुपैयाँ मात्र

विदेश कल गर्नका लागि एनसेलले सस्तोमा भ्वाइस प्याक अफर ल्याएको छ । एनसेलले भारत कल गर्न १० मिनेटका लागि २५ रुपैयाँ मात्र लाग्ने गरी सुविधा ल्याएको हो । 





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes