दुरसञ्चारको वदमासीमा पत्रकारले निग्रनी बढाउनु पर्छ : मन्त्री गुरुङ


दुरसञ्चार क्षेत्रमा भएको कम्जोरीलाई पत्रकारले निग्रनी बढाउनु पर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए । दुरसञ्चार सेवा प्रभावकारी नभए पत्रकारिता पनि प्रभावकारी नहुने भन्दै नेपाल पत्रकार महासंघले मुख्य एजेण्डाकै रुपमा लिएर जानु पर्ने बताए । 

विहीबार पत्रकार महासंघ केन्द्र,प्रदेश र जिल्लाका अध्यक्षहरुसँग छलफल गर्नेक्रममा मन्त्री गुरुङले दुरसञ्चार सेवा प्रभावकारी नभए पत्रकारिता पनि प्रभावकारी नहुने भन्दै महासंघले यसको प्रभावकारीता बढाउन मुद्दाकै रुपमा अघि बढ्नु पर्ने बताएका हुन् । हाम्रो देशमा कम्युनिकेसन कम्जोर छ, इन्टरनेट स्लो छ, तर हामी किन भनेर खोजी गर्न सक्दैनौ यो हाम्रो कम्जोरी हो मन्त्री गुरुङले भने,। टावर राखे पनि नेटवर्क टिप्दैन अनी टावर टिपेन भन्दै चित्त बुझाउने र डाँडाकाडा चड्ने गछौं । तर किन यस्तो भयो भनेर पत्रकारहरुले कहिल्यै खोजी गरेन । किन कम्जोर छ दुरसञ्चार ? सुधार कसरी हुन्छ अध्य्न गरेर पत्रकार महासंघले मुद्दाकै रुपमा अघि बढाउनुको विकल्प छैन उनले भने,। 

टावर राखे पनि नेटवर्क टिप्दैन अनी टावर टिपेन भन्दै चित्त बुझाउने र डाँडाकाडा चड्ने गछौं । 

दुरसञ्चारलाई आमपत्रकारले चासो राख्नु पर्छ र पत्रकार महासंघको ऐजेन्डा बनाउनु पर्छ त्यस पछि मात्र प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता प्रकावकारी बनाउन सकिने उनको भनाई छ । ग्लोवल टेन्डर आव्हान गरेर लगाइएको ठक्कामा विदेशी ठेकेदार कहाँ छ ? नेपालीहरु पेटी ठेकेदार छन् तर कामको प्रभावकारीता छैन मन्त्री आफैले स्वीकार गरे । 

सरकारले देसैभरका स्वास्थ्य संस्था र विद्यालयमा अनिवार्य इन्टरनेट राख्ने अभियान दोलखाबाट शुरु गरि सकेको छ ।

भनिएका स्पीड इन्टरनेट प्रयोगकर्ताले पाउदैनन् , टेलिफोन टावर टिप्दैन 

टेलिफोनका टावर धेरै छन् तर काम कम हुने गर्छ । इन्टरनेट मात्र प्रभावकारी र व्यवस्थित भए सञ्चार क्षेत्र पनि व्यवसि्थत हुनेछ र दुरसञ्चार प्रभावकारी भए पत्रकारिता पनि प्रभावकारी हुने भन्दै पत्रकारले यसमा निग्रनी बढाउन अनुरोध गरे । भनिएका स्पीड इन्टरनेट प्रयोगकर्ताले पाउदैनन् , टेलिफोन टावर टिप्दैन यस्ता समस्या हामीमा बानी बनी सक्यो तर लोेडसेडिङ अन्त्य भयो त्यो नजिर पनि छ हामीमा त्यसैले विभागिय मन्त्रीकै हैसियतले पनि यसमा पत्रकारहरुले गहिरो रुपमै अध्यय्न गरी निग्रनी बढाउन मन्त्री गुरुङले आग्रह गरे । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes