ओप्पो मोवाइल कम्पनीले आफ्नो स्मार्ट मोवाइलको बजार मुल्य घटाएको छ । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले मोबाइलको मूल्यमा भारी कटौती गर्दै बजारमा थप प्रतिस्पर्धा गर्ने जनाएको हो ।
अन्य ब्राण्डका मोवाइलको मुल्य भन्दा महँगो भए पछि प्रतिस्पर्धामा आउन ओप्पोले मोवाइलको मुल्य कटौती गरेको जनाएको छ । मुल्य घटाएको ओप्पो मोवाइलमा ए१२ मा ३ जीबी भएको स्मार्टफोनको मूल्य घटाएको हो । यसअघि १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनको मूल्य १५ सयले घटाएर १४ हजार ९ सय ९० मा उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार यो फोन नेपाली बजारमा कालो र नीलो गरी दुई रंगमा उपलब्ध छ । सन् २०२० को अगस्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाई ८.३ एमएम र तौल १ सय ६५ ग्राम रहेको छ ।