फेसबुकमा कसलाई कमेन्ट गर्न दिने, कसलाई नदिने ? यस्तो छ उपाय


सामाजिक सञ्जालको जति तिव्र गतिमा विकास भइरहेको छ । त्यही नै यसका नाकारात्मक पाटोहरु पनि बाहिर आउने गरेका छन् । सामाजिक सञ्जालमा हुने अपराधहरु पनि बढ्दै गएका छन् । धेरैको फेसबुक पोष्टहरुमा अनावश्यक र नकारात्मक दृष्टिकोणबाट आउने कमेन्टहरुले मानसिक तनाव दिइरहेको हुन्छ । 

तर अब चिन्ता नगर्नुहोस् । तपाईले आफ्नो पोष्ट आफ्ना मात्रै साथीहरुले देख्ने वा सबैले देख्न सक्ने गरी बनाउन सक्नुहुन्छ । यति मात्रै होइन । तपाईको फेसबुक पोष्टमा कसले कमेन्ट गर्न पाउने कसले नपाउने भन्ने कुरा समेत नियन्त्रण गर्न सक्नुहुन्छ । 

यस्तो छ उपायः

तपाईको मोबाइलमा फेसबुक लग इन भएको हुनुपर्छ । त्यसपछि आफ्नो एपमा जानुहोस त्यहाँ दायाँ तर्फ तीनवटा थोप्लो देख्नुहुनेछ । 

त्यसपछि स्क्रोल गर्नुहोस् र त्यहाँ सेटिङ एन्ड प्राइभेसी भेटिन्छ । अब त्यो सेटिङमा अप्सनमा जानुहोस ।

तपाईले तल प्राइभेसी अन्तर्गत रहेको पब्लिक पोस्ट भेट्नुहुनेछ । 

त्यसको सुरुमा रहेको ‘हु क्यान फलो मि’ लाई पब्लिक बनाउनुहोस् ।

अब पब्लिक पोस्ट कमेन्टमा गएर आफ्नो पब्लिक गरेको पोस्टमा कसले कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् ।

अब फेरी स्क्रोल गर्नुहोस् र पब्लिक प्रोफाइल इन्फोमा जानुहोस् । यसमा तपाईंले आफ्नो सधैं पब्लिक रहने प्रोफाइल पिक्चर, प्रोफाइल भिडियो, कभर फोटो, फिचर फोटो र बायोमा कसले पब्लिक, फ्रेन्ड्स अफ फ्रेन्ड्स वा फ्रेन्ड्स लाइक, कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् । 

कमेन्ट नियन्त्रण गर्नका लागि...

आफूले कमेन्ट नियन्त्रण गर्न चाहेको पोस्टमा जानुहोस् र त्यसको माथि दायाँ कुनामा रहेको तीन वटा थोप्लामा थिचेर भित्र जानुहोस् । 

त्यहाँ तपाईले Who can comment on your post ? भन्ने अप्सनमा छनोट गर्नुपर्ने हुन सक्छ । 

त्यसभित्र रहेको पब्लिक, फ्रेन्ड्स अथवा आफूले मेन्सन गरेको प्रोफाइल वा पेजलाई रोज्न सक्नुहुन्छ । 

यसरी गर्नुभयो भने तपाईलाई जो सुकैले पनि कमेन्ट गर्न पाउने छैनन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes