२५ हजार मुल्यको ओपो ए५४ नेपाली बजारमा


अग्रणी ग्लोबल स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक गरेको छ । २५ हजार ९ सय ९० मुल्यमा ओपोले ५ हजार एमएच वेट्रि क्षमता रहेको मोवाइल सार्वाजनिक गरेको हो । 

ए५४मा रहेको ठूलो ब्याट्री र फास्ट चार्जिङले दिनभर ब्याट्री रहेको कम्पनीले जनाएको छ । ६.५१ ईन्च पञ्च होल डिस्प्ले सहितको यो फोनमा १२८ जीबी रोम सहित पर्याप्त सञ्चय क्षमता रहेको छ । १९.९ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ, ८ सय पटक सम्म ढुक्क भई फोनको चार्ज गर्न सकिने गरी सेफ्टी फिचर्सपनि दिइएको छ । १८वाट फास्ट चार्जले मात्र २ घण्टा २३ मिनेट भित्रै फोनलाई पूर्णरुपमा चार्ज गर्छ । 

४ जीबी र्याम र १२८जीबी रोम सहितको ए५४मा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार माइक्रो एसडी कार्डको प्रयोग मार्फत सञ्चय क्षमतालाई अतिरिक्त २५६जीबी सम्म बढाउन सक्छन् । १३एमपी मेन क्यामेरा, नजिकका शट्सका लागि २एमपी माक्रो क्यामेरा र उत्कृष्ट बोके शट्सका लागि २एमपी बोके क्यामेराको प्रयोग गर्छ । ओपो ए५४ नेपाली बजारमा कि्रस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दूई आकर्षक रंगमा बिहिबारबाट उपलब्ध गरिएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes