स्मार्ट फोन किन्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुस् !


आधुनिक प्रविधिसँगै पछिल्लो समयमा विभिन्न प्रविधिको विकास भइरहेको छ । जसमध्ये मोबाइल पनि एक हाे । माेबाइल मानिसको सबै भन्दा प्रिय साथी बनिसकेको छ । अहिलेको समयमा मोबाइल प्रयोग नगर्ने मानिस सायद कमै मात्रामा होलान् । मोबाइल त प्रयोग गर्दछौं त , कस्तो मोबाइल लिने भन्ने बारेमा सबैलाई थाहा नहुन पनि सक्छ । तसर्थ मोबाइल खरिद गर्ने समयमा यी कुराहरुमा ध्यान दिनुहोस् ।

उपयुक्त डिजाइन रोज्ने- बाजारमा थरि–थरिका डिजाइनमा फोनहरु आएका छन् । फोनमात्र त्यस्तो साधन हो जुन हामीले जहाँ-जाँदा पनि आफूसँगै बोकेर लाने गर्दछौँ । योसँगै तपाईँले आफ्ना महत्वपूर्ण क्षणहरु बिताउँनु हुने भएकाले डिजाइनमा पनि विशेष ध्यान दिनुस् ।

खरिद गर्न चाहेको फोनका विशेषताहरु थाहा पाउने-  तपाईँले चाहेको फोनका विशेषता र क्षमताका बारेमा जानकार हुँनुहुन्छ भने नचाहेका वा आवश्यक नपरेका विशेषताका लागि ठूलो रकम खरिद गरिरहनु पर्दैन । जस्तो सामसुङ ग्यालेक्सी नोट एजमा सबै कुरा छन्– घुमाउरो स्क्रिनका साथै यसको आफ्नै इन्टरफेस र न्याभिगेसन कन्ट्रोल रहेको छ । तर तपाईँ यसमा रहेको पेन वा नयाँ युआइ प्रयोग गर्नुहुन्न भने यो मंहगो फोनमा धेरै खर्च गनुहँदैछ । 

धेरै सस्तोको पछि नलाग्ने- धरै सस्तो फोनको पछि नलाग्ने । आफूले किन्न सक्ने फोन लिएको राम्रो । किनीसकेपछि केही लामो समयसम्म टिक्ने फोन किन्दा नै बेस हुन्छ । संभव भएसम्म फोनको अर्को अपग्रेड नआउन्जेल काम गर्ने गुणस्तरिय क्यामेरा र प्रोसेसर भएको लिनुपर्छ । त्यसैगरी ब्याट्रीको क्षमता पनि हेनुहोस् । 

उच्च क्षमताका फोनहरु जस्तो आइफोन सिक्स वा सामसुङ एस फाइभ किन्ने सोचमा हुँदा सुरुमा महंगो लागे पनि यिनीहरु  तपाईँले लामो समय साथमा राख्न सक्नुहुनेछ । समयसँगै यिनमा लगानी गरेको प्रतिफल पनि अवश्य दिने गर्दछन् र वषैँसम्म राम्रोसँग चल्दछन् ।

यो पनि पढ्नुहोस्

ओपोको सस्तो स्मार्ट फोन 'ए १५' आजबाट नेपाली बजारमा सार्वजनिक

सिम्फोनी जेड १८ माेवाइल
यो पनि पढ्नुहोस्

सबै भन्दा सस्तो सिम्फोनीको स्मार्ट फोन बजारमा


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes