तपाईको फेसबुक अरुले चलाइरहेको त छैन ? यसरी पत्ता लगाउनुहाेस्


नेपालन्युज
मंगलवार , २२ असार , २०७८

प्राय सबैको मोबाइलमा हुने एप मध्य फेसबुक पनि एक हो । हाल नेपालमा करिब सवा करोड भन्दा बढीले फेसबुक प्रयोग गर्दछन् । फेसबुक आजको समयमा जिवनको एक हिस्सा जस्तै बनेको छ । व्यस्त जिवन शैलीलाई जोड्न फेसबुकले अहम भूमिका खेलेको छ । तर कहिले काहीँ यही फेसबुकको दुरुप्रयोगका कारण विभिन्न घटनाहरु समेत घटका छन् । कतै तपाइको फेसबुक पनि अरुले पो चलाइरहको छ कि एक पटक चेक गर्नुहोस् । 

यसरी थाहा पाउनुहोस् तपाइको फेसबुक अरुले चलाए नचलाएको :

- सबैभन्दा पहिले कुनै पनि ब्राउजरमा आफ्नो फेसबुक लग इन गर्नुस् ।

त्यसपछि अकाउन्ट सेटिङमा जानुस् ।

त्यसपछि 'Security and login ’लेखिएकाे ठाउँमा click गर्नस् ।

त्यहाँबाट ‘ Where you’re logged in’ को अप्शन देखिन्छ ।

त्यहाँ तपाईंको फेसबुक लगइन भएको डिभाइस र ठाउँकाे जानकारी पाउन सक्नु हुने छ । 

यसरी यदि त्यसमध्ये आफूले लगइन गरेभन्दा फरक डिभाइसमा फेसबुक खोलिएको पाइएमा  ‘log Out of All Sessions’  गनुहाेस् ।यसो गर्दा अरुले खोलेको तपाईको अकाउन लग आउट हुन्छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal