अनलाइनबाटै डाक्टरसँग स्वास्थ्य उपचार


नेपालन्युज
शुक्रबार , ०१ श्रावण , २०७८

अनलाइनबाटै डाक्टरसँग स्वास्थ्य जाँच गराउन सकिने भएको छ । टेलीउपचार एप मार्फत चिकित्सकसँग परामर्ष लिई स्वास्थ्य जाँच गर्न सकिने भएको हो ।

एप मार्फत घर तथा अपिसमा नै बसेर आफनो समस्या अनुरुपका विशेषज्ञ डाक्टरहरु सँग मोबाइल, ल्यापटप तथा टयाब्लेटको प्रयोगमा स्वास्थ्य जाँच गराउन सकिन्छ । यो एपको प्रयोगबाट बिरामीहरुले घरमा नैै बसेर आफनो स्वास्थ्य समस्या डाक्टरलाई भन्न सक्नेछन । बिरामीसँग को अनलाइन भिडियो परामर्श प्रस्चात लक्षणअनुसार डाक्टरले औषधी तथा आवश्यक सल्लाह गर्नेछन । डाक्टरको सल्लाह बिरामीले आवश्यकता अनुरुप रिपोर्ट कार्डको रुपमा राख्न सक्नेछन । बिरामीको सुरक्षित स्वास्थ्य रेर्कड तथा डिजिटल प्रेसकिप्शन एपमा नै राख्न सकिनेछ । टेलीउपचारले औषधी होम डेलीभरीको सुविधा समेत बिरामीहरुलाई प्रदान गर्ने जनाएको छ ।

टेलीउपचारमा विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरहरु सयौंको संख्यामा आबद्ध छन । आफनो समस्या अनुसार बिशेषज्ञ डाक्टरसँग अपोन्टमेन्ट लिन सकिने छ । टेलीउपचारले विपन्न बिरामीहरुका लागि सहुलियतमा निशुल्क स्वास्थ्य परामर्श समेत उपलब्ध गराउदै आइरहेको छ । अन्य बिरामीहरुका लागि उचित शुल्क अनलाइन मार्फत नै तिरेर स्वास्थ्य परामर्श गराउन सकिन्छ ।

हालसम्म टेलीउपचार मार्फत १५०० भन्दा बढी बिरामी लाई यसैगरी औषधी उपचार उपलब्ध गराउने जनाएको छ । विज्ञान र प्रविधिको युगमा स्वास्थ्य सेवालाई सहज, सरल र सबैको पहुँचको बनाउन टेलीउपचार सामाजिक उत्तरदायित्व सहित क्रियशिल हुने विश्वास समेत राखेको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal