भिभो भी २१ स्मार्टफोन आजदेखि नेपाली बजारमा


नेपालन्युज
मंगलवार , ०५ श्रावण , २०७८

भिभो स्मार्टफोन कम्पनीले भी २१ स्मार्टफोन आजदेखि नेपाली बजारमा ल्याएको छ । कम्पनीले भी सिरिजको अत्याधुनिक स्मार्टफोन मंगलबार देखि नेपाली बजारमा सार्वजनिक गरेको हो । 

उच्चस्तरीय क्षमता र सुपथ मुल्यमा उपलब्ध गराइएकाले ग्राहकको उच्च रुचिमा पर्ने कम्पनीले जनाएको छ । भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) भएको फ्रन्ट क्यामेरा जडान छ भने स्लीक र स्लीम छ । 

४४ एमपी ओआईएस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा भएको यो मोवाइलमा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको जनाएको छ । ४४ एमपीओआईएसले कम प्रकाशमा राम्रो फोटो निकाल्न सक्दछ भने यसबाट प्रयोगकर्ताले राम्रो सन्तुष्टि लिन सक्नेछन् भने ६४ एमपीओआईएसले रातको क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभव प्रदान गर्ने भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत श्री मार्सले ले बताए । यसको मुल्य ५० हजार रुपैयाँ रहेको छ ।

यो ७.२९ एमएम अल्ट्रा स्लीम डिजाइनमा प्राप्त हुनुका साथै सोफेष्टिकेसनको सन्देश दिन्छ । भी २१ ले ग्राहकको इच्छा पूरा गर्ने ७.२९ एमएम स्लीम र सोफेस्टिकेटेड भएकोले यसको माग बढ्दै जाने छ । भी २१ आधुनिक प्रविधिको उत्कृष्ट नमूनाको रुपमा बजारमा आएको भिभो नेपालको ब्राण्ड मैनेजर श्री पेङ्ग दा ले ले बताए । 

यो स्मार्ट फोन एमटिके डाइमेन्सिटी ८०० यु प्रोसेसर मा चल्दछ भने यसमा ९० हर्जको डिस्प्ले रिफ्रेस रेट रहेको छ । भी २१मा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal