भारतको झारखण्ड राज्यमा एउटा रोचक घटना घटेको छ। विहारबाट कारसहित एक प्रेमी आफ्नो प्रेमिका भगाउनका लागि झारखण्डको राँचीस्थित गोटिया गाउँमा पुग्छन्।
नाम नखुलेका ती प्रेमिकाले नबालिग प्रेमिकालाई कारमा राखेर भगाउँदै गर्दा उनको आमाले देख्छिन्। आमाले त्यसको विरोध गर्दै छोरीलाई कारबाट उतार्न आग्रह गर्छन्। ती प्रेमीले कुनै हालतमा पनि नउतार्ने र भगाएरै लैजाने अडान कस्छन्।
आमाले धेरै नै जिद्दी गरेपछि ती प्रेमीले प्रेमिकाको आमालाई समेत कारमा राखेर हुइँकिन्छन्। अमरउजालामा उल्लेखित समाचारका अनुसार प्रेमिकाका आमालाई बालसरिङ रिङ रोडमा लगेर आमालाई कारबाट निकालेर प्रेमिकासहित फरार भएका छन्।
प्रहरीले उक्त घटनाको छानबिन गरिरहेको बताइएको छ।