मायामा उमेरको हदबन्दी हुँदैन। चाहे जुनसुकै उमेरका मानिसले पनि एकअर्कासँग माया प्रेम गर्न सक्छन्। यस्तै एउटा घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।
एक ८१ वर्षीया महिलाले आफूभन्दा ४५ वर्ष कान्छो पुरुषसँग प्रेम विवाह गरेका छन्। आइरिस जोन्स नामकी ती महिलाले ३६ वर्षीय इब्राहिमसँग फेसबुकमा चिनजान गरेका थिए। केही समयपछि नै उनीहरुबीचको माया विवाहमा परिणत भएको बताइएको छ।
ती महिलाले आफूले इब्राहिमको आँखमा साँचो माया देखेको बताएकी छन्। उनले यस्तो जीवनसाथी पाएकोमा धेरै नै खुसी भएको उल्लेख गरेकी छन्। तर आरिसका ५४ वर्षीय छोरा भने यो सम्बन्धको विरोधमा रहेको बताइएको छ। उनले विवाह नगर्न अनुरोध गर्दासमेत आइरिसले इब्राहिमसँग विवाह गरेको समाचारमा उल्लेख छ।
उनीहरु सिधै कोर्ट विवाह गरेर रेस्टुराँमा गइ खाना खाएका थिए। खासमा मोहम्म इब्राहिम इजिप्टका हुन् भने आइरिस युकेका बासिन्दा हुन्।