अन्टार्कटिकाको हिमनदीमा विचित्रको जीव फेला परेको छ। यो जीव माइनस तापक्रम, त्यसमा पनि अँध्यारोमा बस्ने गरेको वैज्ञानिकहरुले दाबी गरेका छन्।
यो जीव करिक एक किलोमिटर मुनि बसोबास गर्ने बताइएको छ। वैज्ञानिकहरुले यो जीवलाई पता लगाउन करिब ९०० मिटर ड्रिलिङ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यो जीवबारे फ्रन्टियर्स इन मरिन नामक विज्ञान जर्नलमा रिपोर्ट प्रकाशित भएको छ। रिपोर्टअनुसार अन्टार्कटिकाको दक्षिण-पूर्वीको बेड्डेल सागरमा अवस्थित फिल्चनर आइसमुनि यो जीव फेला परेका हुन्। यो आइस सेल्फ समुन्द्रभन्दा २६० किलोमिटर टाढा पर्छ।
यसभन्दा अघि यस्तो जीव कहीँकतै नभेटिएको दाबी गरिएको छ। रिपोर्टअनुसार यो जीव समुन्द्रमुनिको ढुंगामा चिप्किएर बस्ने गर्छ।