प्रेममा सब कुरा जायज हुन्छ भन्छन्, ताइवानको एक घटनाले यस्तै देखाएको छ । प्रेमी प्रेमिकाहरुबीच एकआपसमा भएको भनाभनले ठूलो रुपमा लिएको छ । त्यहाँ एक महिलाले रिसको झोँकमा आफ्नो प्रेमीको गोप्य अंग (लिंग) काटेर फ्लसमा फालिदिएकी छन्। भनाभनपछि रक्सी खाएर सुतेका प्रेमी हुआङले निद्राबाट बिउँझँदा आफ्नो लिंगको २० प्रतिशत भाग काटिएको पाएका थिए।
प्रेमिका फुङले भान्छामा प्रयोग हुने कैंचीले लिंग काटिदिएको बताइएको छ। रिसले आगो भएकी फुङले काटिएको लिंग ट्वाइलेटमा फ्लस गरिदिएकी हुन्।
महिलाले प्रहरीसामु आफ्नो गल्ती स्वीकार गरेकी छन् ।